कृषिका लागि आवश्यक बजेटको व्यवस्था गर्न आग्रह
अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन्।
अर्थमन्त्री खतिवडाले सरकारले किसानको माझमा सेवा र सुविधा पु¥याउन कृषिसम्बन्धि सम्पूर्ण कार्यक्रम र त्यसका लागि आवश्यक जनशक्ति र बजेट स्थानीय सरकारलाई नै हस्तान्तरण गरेको पनि स्पष्ट पारे। काठमाडौँमा आयोजना गरिएको साना किसान सम्मेलनमा बोल्दै उनले स्थानीय तहले पूर्वाधार, शिक्षा र स्वास्थ्यसँगै कृषि कार्यक्रमलाई पनि सन्तुलित ढंगले अघि बढाउनुपर्ने पनि स्मरण गराए। अर्थमन्त्री खतिवडाले विगतमा किसानहरुको घरदैलोमा सेवा, सुविधा नपुगेपछि सरकारले कृषिसम्बन्धि सबै कार्यक्रम र बजेट स्थानीय सरकारले नै परिचालन गर्ने योजना, नीति तथा कार्यक्रम तय गरेको पनि उल्लेख गरे। अर्थमन्त्री खतिवडाले कृषिउपजको उपयोगका लागि सरकारले न्यून पारिश्रमिक भएका कर्मचारीहरुको तलव वृद्धि गरि दिएको पनि बताए।