महाकालीमा बेपत्ता किशोरी खोज्दै प्रहरी, नुहाउने क्रममा हराएका थिए
धनगढीः शुक्रबार महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई किशोरीको खोजी जारी छ। बैतडीको दशरथचन्द नगरपालिका-८ का १५ वर्षीया कविता टमटा र १४ वर्षीया संगीता टमटा नुहाउने क्रममा बपत्ता भएका थिए।
दुवै किशोरीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए। नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले नियमित खोजी गरिरहेको जोशीले बताए।
यसबारे नेपाल र भारतबीच रहेका सीमा प्रहरी चौकीलाई समेत जानकारी गराइएको बताइएको छ। तर, फेला पार्न सकिएको छैन।