पत्रकार विष्ट मिडिया पर्सनालिटी अफ द इयर अवार्डबाट सम्मानित
बैतडी: बैतडीका पत्रकार विनोद सिंह विष्ट ‘मिडिया पर्सनालिटी अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन्। राष्ट्रिय समाचार समिति(रासस)का बैतडी समाचारदाता विष्टलाई युवा सम्मेलनको अवसरमा काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अवार्डसहित सम्मानित गरेका हुन्।
युवा, सामाजिक रुपान्तरणका कार्यहरु, उद्यमशीलता, कृषि, पर्यटन जस्ता क्षेत्रमा सक्रिय रहेर विभिन्न मिडियाको माध्यमबाट प्रचारप्रसार गरी युवाहरुलाई समेत उत्प्रेरणा दिने तरिकाबाट कार्य गरेको भन्दै अवार्ड प्रदान गरिएको हो।
नेपाल युवा परिषद्ले उक्त अवार्ड देशभरीबाट आवेदन परेका पत्रकारमध्येबाट विष्ट छनौट भएका हुन्।
बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका विष्ट एक दशकदेखि सक्रिय रूपमा पत्रकारिता गर्दै आएका छन्।
नेपाल युवा परिषदले देशका बिभिन्न क्षेत्रमा सक्रिय रुपमा कार्य गर्दै आईरहेको सामाजिक अभियान्ताहरुलाई थप प्रोत्साहन गर्दै उनीहरुलाई अझै हौसला प्रदान गरी सक्रियताका साथ काम गर्न प्रेरित गर्ने हेतुका साथ अवार्ड प्रदान गर्दै आएको छ।