बैतडीको पाटनमा उपभोक्ता समितिको अध्यक्ष महिलालाई मात्र बनाउन पाइने
२०७९ साउन २६, ०७:४८
बैतडी: बैतडीको पाटन नगरपालिकामा उपभोक्ता समितिको अध्यक्ष महिलालाई मात्र बनाउन पाइने भएको छ।
नगर कार्यपालिकाको बैठकले नगरभित्र सञ्चालन हुने योजनाका उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको हो। नगर कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको नगरपालिकाले जनाएको छ।
कमेन्ट लोड गर्नुस