सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका केही जिल्लामा भारी वर्षा

२०७९ साउन २५, ०९:३९ खबर संवाददाता

धनगढी: सुदूरपश्चिमका केही जिल्लामा भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागले डोटीको दिपायल र कैलाली आसपासमा भारी वर्षा मापन भएको जनाएको छ।

ती स्थानमा थप वर्षा हुनसक्ने विभागले जनाएको छ। आसपासका साना खोलामा आकस्मिक बहाव हुनको साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागको आग्रह गरेकाे छ।

कमेन्ट लोड गर्नुस