बैतडीमा विद्यालय व्यवस्थापन समिति सदस्य छान्न चुनाव
बैतडी: बैतडीको एक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका सदस्य छान्न निर्वाचन भएको छ। बुधबार जिल्लाको डिलाशैनी गाउँपालिका–६ स्थित सेटीगाउँ मावि ककरपाखामा विद्यालय व्यवस्थापन समितिका सदस्य छान्न निर्वाचन भएको हो। दुई जना पुरुष सदस्यका लागि ७ जना अभिभावक आकाक्षी देखिएपछि निर्वाचन गर्नुपरेको विद्यालयका शिक्षक राजेन्द्रप्रसाद जोशीले जानकारी दिए।
विद्यालय व्यवस्थापन समितिका सदस्यका लागि सहमति गर्न तीन पटक सम्म प्रयास गरेर पनि सम्भव नभएपछि निर्वाचन गरिएको उनले बताए। निर्वाचनबाट सबैभन्दा बढी १२४ मत ल्याएर दानसिंह माल र १२० मत ल्याएर हरिसिंह भण्डारी विजयी भएका छन्।
दुईजना महिला सदस्य भने पहिला नै निर्विरोध चयन भइसकेका थिए। समितिका सदस्य चयन भएपछि अब दुईजना सदस्य मनोनित गरी विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिइनेछ। सदस्यहरु मध्ये एकजनालाई अध्यक्ष छनौट गरिने विद्यालयका शिक्षक जोशीले बताए।