डडेल्धुरामा किशोर मृत फेला प्रकरणः आफन्तले दिए प्रहरीमा जाहेरी
धनगढीः डडेल्धुराका अन्दाजी १५ वर्षीय किशोर किरण पाठक मृत भेटिएको घटनामा अनुसन्धानको माग गर्दै जाहेरी परेको छ। किशेरका आफन्तले अनुसन्धानको माग गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा जाहेरी दिएका हुन्।
जिल्ला जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जाहेरी परेको र प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। यस्तै डडेल्धुरा अस्पतालमा पोष्टमार्टमपछि किशोरको शव आफन्तलाई बुझाइएको प्रहरीले बताएको छ। तर, रिपोर्ट आउन बाँकी छ। शनिबारदेखि बेपत्ता रहेका अमरगढी नगरपालिका वडा नम्बर ५ स्थित सिलिङधारा घर भएका पाठक मंगलबार अमरगढीकै मौरडा गाउँ तल रहेको हामफाल्ने तालमा मृत फेला परेका थिए।
पाठकको शव खोलामा डुबेको अवस्थामा भेटिएको प्रहरीले बताएको थियो।