नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मनोज
काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षकमा भारतका भूतपूर्व अलराउन्डर मनोज प्रभाकर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत उनलाई प्रमुख प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो।
प्रभाकरले भारतका लागि ३९ टेस्ट म्याच र १३० एक दिवसीय खेलेका छन्। उनी भारतको रणजी ट्रफी विजेता प्रशिक्षक हुन्। प्रभाकरले यसअघि अफगानिस्तानको क्रिकेट टिमलाई पनि प्रशिक्षण गरेका थिए।