उद्योग वाणिज्य संघ निर्वाचनः स्वाँरको प्यानल पनि घोषणा
कैलाली उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि रुपेश स्वाँर नेतृत्वको प्यानल घोषणा गरिएको छ । १० वँुदे प्रतिवद्धता पत्र सार्वजनिक गर्दै संघका वर्तमान महासचिव स्वाँरको नेतृत्वको प्यानल आज घोषणा गरिएको हो । यस अघि वर्तमान कोषाध्यक्ष पुष्पराज कुँवरको नेतृत्वको प्यानल घोषणा भएको थियो । वैशाख २२ गते हुने संघको निर्वाचनका लागि अहिलेसम्म दुई वटा प्यालन सहित चुनावी मैदानमा उत्र्रिने भएका छन ।
आज पत्रकार सम्मेलन गर्दै घोषणा भएको स्वाँर नेतृत्वको प्यानलमा उपाध्यक्ष उद्योग तर्फ गजराज पाण्डेय, उपाध्यक्ष वाणिज्य तर्फ टेकवहादुर खड्का र उपाध्यक्ष वस्तुगत तर्फ अनिल कुमार भुजानियालाई खडा गरिएको छ । यस्तै महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा भीमराज ओझा अव्वु र सचिवमा सुजित शर्मा रहेका छन् । सदस्यहरुमा रुपेश खड्का, दिप रावल, भीमवहादुर शाही, रवि कुवँर र भक्तवहादुर थापा रहेका छन् । अन्य सदस्यहरुको भने टुंगो लागि सकेको छैन् ।
स्वाँर नेतृत्वको प्यानलले जिल्लाभरिका विभिन्न वजारमा सीसी क्यामेरा जडान गर्ने, औद्योगिक क्षेत्र स्थापना, विशेष आर्थिक क्षेत्र घोषणा र सञ्चालन गर्ने, गौरीफन्टा नाकाको स्तरोन्नति गर्ने र कैलाली उद्योग वाणिज्य संघको विधान शंसोधन गरी गैर व्यवसायिक सदस्यताहरु पहिलो कार्य समितिको बैठकवाटै खारेज गर्ने लगायतका प्रतिवद्धता सार्वजनिक गरेको छ ।