सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा १२ किलो लागुऔषधसहित १ जना पक्राउ 

फाइल फोटो
फाइल फोटो
२०७९ साउन १९, ०१:१८ खबर संवाददाता

धनगढीः बझाङमा लागुऔषधसहित १ जना पक्राउ परेका छन्। जिल्लाको वित्थडचिर गाउँपालिका-८ बागथालाबाट १२ किलो लागुऔषधसहित दार्चुलाका एक युवक पक्राउ परेका हुन्। 

प्रहरीका अनुसार दार्चुलाको शैल्यशिखर-१ बस्ने ४३ वर्षीय विरेन्द्रबहादुर खडायत पक्राउ परेका हुन्। बुधबार दिउँसो चैनपुरदेखि महेन्द्रनगरतर्फ आइरहेको बसमा सवार खडायतबाट चरेश बरामद गरेका हुन्। 

अस्थायी प्रहरी पोष्ट बागथालाको खटिएको प्रहरीले चेकजाच गर्दा उक्त चरेश फेला परेको थियो। 
 

कमेन्ट लोड गर्नुस