बाजुरामा एक घरमा आगलागी
२०७९ साउन १८, ०६:२५
बाजुरा: बाजुरामा एक घरमा आगलागी भएको छ। जिल्लाको हिमाली गाउँपालिका ३ बौडी बस्ने नबिन थापाको घरमा मंगलबार साँझ आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात, भाडावर्तन र विभिन्न सामानहरू जलेर करिब ५ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो।
प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको र यस सम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस