सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा बालमैत्री र भूकम्प प्रतिरोधात्मक ५ वटा भवन विद्यालयलाई हस्तान्तरण 

२०७९ साउन १८, ०५:४० खबर संवाददाता

बझाङः जिल्लाको केदारस्युँ गाँउपालीका र जयपृथ्वी नगरपालीकाका केही विद्यालयहरुमा बालमैत्रीक तथा भूकम्प प्रतिरोधात्मक विद्यालय भवनहरु र्निमाण गरिएका छन्।

वल्र्डभिजन र प्रगतीशिल युवासमाजको साँझेदारी, स्थानीय सरकारको समन्वय र स्थानीयहरुको सहयोगमा भवन अभाव भएका विद्यालयमा बालमैत्री र भुकम्प प्रतिरोधात्मक २ कोठे भवन निर्माण गरिएका हुन्।

जयपृथ्वी नगरपालिका वडा नम्बर ८ मा रहेको जालपा आधारभुत विद्यालय जोशीगाँउ, नवादेउ आधारभुत विद्यालय ग्वानी, युवावर्ष आधारभुत विद्यालय सेलाखेतका साथै वडा नम्बर ११ मा रहेको निलकट्टी माध्यामिक विद्यालय दैकुमला र केदारस्युँ गाउँपालिकाको वडानम्बर ८ मा रहेको नवादेव आधारभुत विध्यालयमा संस्थाले बालमैत्री र भूकम्प प्रतिरोधात्मक भवनहरु निमार्ण गरेर हस्तान्तण गरेको हो। 
 

कमेन्ट लोड गर्नुस