सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराबाट २ गर्भवतीको हवाई उद्धार

२०७९ साउन १८, ०१:३५ खबर संवाददाता

धनगढीः बाजुराबाट एकै दिन दुई गर्भवती महिलाको हवाई उद्धार गरिएको छ। ४ दिनदेखि सुत्केरी हुन नसकेकी जगन्नाथ गाउँपालिका २ की ३२ वर्षीया जेनि राई नाथ र बुढीनन्दा नगरपालिका २ की मनु रेग्मी पाध्यायको उद्धार गरिएको हो। 

जेनीलाई अछामको साफेँबगरबाट उद्धार गरिएको हो भने मनुको कोल्टीबाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी दिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुको उद्धार गरिएको हो। 


 

कमेन्ट लोड गर्नुस