बझाङ सदरमुकामको सडक हिलाम्मे
धनगढीः बझाङको सदरमुकाम हिलाम्मे बनेको छ। सडकमा पनि हिलैहिलो भएपछि नागरिकलाई आवतजावतमा समस्या भएको छ।
सदरमुकामको जिल्ला प्रहरी कार्यालय अगाडिको सडक, भोपुर जाने सडक, र चैनपुर बजार झर्ने मेन रोड पूरै हिलाम्मे हुँदा सास्ती भैरहेको स्थानीयले बताएका छन् करिव दुई वर्ष अगाडि देखि नै सो बाटोमा खाल्डाखुल्डी भएकोमा अहिलेसम्म नपुरिएका हुन्।
यस्तै खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण जयपुथ्वी राजमार्गमा दुघर्टनाको जोखिम पनि बढेको प्रहरीले जनाएको छ।