सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका एक वडा सचिवको कार्यकक्षमा तालाबन्दी

२०७९ साउन १६, ११:३२ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिका-२ को कार्यालयका वडा सचिवको कार्यकक्षमा तालाबन्दी गरिएको छ। सोमबार कार्यालय समयभन्दा अगाडि नै अज्ञात समूहले वडा सचिवको कार्यकक्षमा तालाबन्दी गरेको बताइएको छ।

शनिबारको बिदापछि आइतबारका दिन रानाथारु समुदायको तीज पर्वका अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो। आज वडा कार्यालयका सचिवको कार्यकक्षमा तालाबन्दी गरिएको पाइएको हो। ताला कसले र किन लगाएको हो भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी हुन नसकेको वडा कार्यालयले जनाएको छ भने सो बारे अनुसन्धान गरिरहेको सुरक्षा निकायले जनाएको छ।

पछिल्लो तीन हप्तामा मात्रै उक्त वडा कार्यालयमा तीन पटक तालाबन्दी भइसकेको छ। कोभिड राहत र गत कार्तिक महिनामा आएको बाढीले धान, तरकारी लगायतका बालीमा पु¥याएको क्षतिको राहत नपाएको तथा उक्त राहत प्याकेजमा स्थानीय जनप्रतिनिधि र कर्मचारीहरूले मनपरि गरेको आरोप लागेको थियो। 

कमेन्ट लोड गर्नुस