अमेरिकामा बाढीका कारण एकै परिवारका चार बच्चासहित २५ जनाको मृत्यु
काठमाडौंः अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रमा अवस्थित केन्टकी राज्यमा अविरल वर्षापछि आएको बाढीमा परी २५ जनाको मृत्यु भएको छ । बाढीमा परी ज्यान गुमाउनेमा एकै परिवारका चार बच्चा पनि रहेका छन्।
केन्टकीका गभर्नर एन्टी बेसियरले भने, ‘मृत्यु हुनेको संख्या बढ्न सक्छ।’ बर्षाका कारण विद्युत आपूर्ति बन्द भएको छ। कम्तिमा २५ हजार घरमा विद्युत अवरुद्ध भएको छ। बाढी प्रभावित स्थानहरूमा संकटकाल घोषणा गरिएको छ।
स्थानीय प्रशासनले नेशनल गार्डको सहायतामा करिब ५० हेलिकप्टर र १०० डुंगाको सहायतामा उद्धार भइरहेको छ। राज्यको एक जिल्लामा एकै परिवारका चार बच्चाको बाढीमा परी मृत्यु भएको छ। बच्चाको उमेर १ वर्षदेखि ८ वर्षसम्मका रहेका छन्।