गड्डाचौकी नाकामा अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्व जनचेतनामुलक कार्यक्रम
कञ्चनपुरः कञ्चनपुरको गड्डाचौकी नाकामा अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्व जनचेतनामुलक कार्यक्रम गरिएको छ। शान्ति पुनर्स्थापना गृह (पीआरसी) ले कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीमा मानव बेचबिखन विरुद्व जनचेतनामुलक कार्यक्रम गरेको हो। अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्व दिवस तथा अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसर पारेर पीआरसीले जनचेतनामुलक कार्यक्रम गरेको शान्ति पुनर्स्थानपा गृह कञ्चनपुरका जिल्ला संयोजक सञ्जीत सिंहले बताए।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय गड्डाचौकी, सशस्त्र प्रहरी बल बीओपी गड्डाचौकी तथा अस्थायी ट्राफिक प्रहरी पोस्ट गड्डाचौकीका तर्फबाट प्रमुख र प्रतिनिधिहरू, स्थानीय, समाजसेवी, बुद्धिजिवी, भारतीय उत्तराखण्ड प्रहरी र एसएसबीको मानव बेचबिखन विरूद्धको ईकाईका प्रमुख तथा प्रतिनिधिहरू, मानव बेचबिखन विरूद्ध काम गर्ने भारतीय संस्था रीड्स र शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय महेन्द्रनगरका प्रमुख तथा प्रतिनिधिहरू लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रममा बोल्दै शान्ति पुनर्स्थानपा गृह कञ्चनपुरका जिल्ला संयोजक सञ्जीत सिंहले कोरोना महामारीका कारण सीमानाकाबाट हुने मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दो क्रममा रहेकोले यसलाई न्यूनिकरण गर्न दुवै देशका सुरक्षा निकाय तथा संघसंस्थाहरूको भूमिका महत्त्वपूर्ण रहने बताए। उ