सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा विद्यालयको बैठकमा जान्छु भन्दै गएका पुरुष मृत फेला

२०७९ साउन १४, ०५:५९ खबर संवाददाता

धनगढीः बझाङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको केदारस्यु गाउँपालिका वडानम्बर ६ वीनाडका करन धामी शनिबार मृत फेला परेका हुन्। 

करन साउन ९ गते सोही ठाउँको चन्द्रोदय मावि भाड्सैनि विद्यालयको बैठकमा जान्छु भन्दै घरबाट गएका थिए। त्यहीँ दिनदेखि उनी बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। बेपत्ता भएका उनी आज मृत अवस्थामा फेला परेका हुन्। 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


 

कमेन्ट लोड गर्नुस