सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा अस्पतालमा सुत्केरी र बच्चाको मृत्यु

२०७९ साउन १४, ०५:०५ खबर संवाददाता

धनगढी: बझाङकी सुत्केरी र बच्चाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। थलारा गाउँपालिका १ सिम्टोलाकी २० वर्षीय सृजना सुनार र उनको बच्चाको शनिबार मृत्यु भएको हो।

बेहोस अवस्थामा ल्याइएकी उनको र  बच्चाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनलाई गर्भाअवस्थामा छारे रोगको समस्याले देखिएको प्रहरीले बताएको छ। आमा र बच्चाको शव आफन्तले बुझिसकेको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस