बाजुराको विद्यालय छात्रवासमा विद्यार्थीको शव फेला, हत्याको आशंका
बाजुरा: बाजुराको एक छात्रवासमा विद्यार्थीको शव फेला परेको छ। बुढीगंगा नगरपालिका– १ मा रहेको धुरालसैन माध्यमिक विद्यालयको छात्रवासमा बुढीगंगा–७ बस्ने २१ वर्षीय नविन खड्को शव फेला परेको हो।
बिहीवार राति उनी कोठमा झुन्डिएको अवस्थामा देखेपछि प्रधानाध्यापकले प्रहरीलाई खबर गरेका थिए। उनको घाँटीमा मच्छरदानीको पासो रहेको र पासोमा गाँठो नपरेको हुँदा घटनाप्रति आशंका रहेको स्थानीयले बताएका छन्। खड्काको हत्या गरेर झुन्डाइएको हुनसक्ने स्थानीयले बताएका छन्।
प्रहरीको टोली घटनास्थलमा गइसकेको र अनुसन्धानपछि मात्रै घटनाबारे रहस्य खुल्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मृतक नविन खड्का उक्त विद्यालयमा प्राविधिक वन विज्ञान अध्ययन गर्दै आएका थिए।