बझाङको जयपृथ्वी नगरपालिकाको एमबिबिएस छात्रवृत्ति आवेदन खुल्ला
धनगढी: बझाङको जयपृथ्वी नगरपालिकाले एमबिबिएस पढ्न चाहनेहरुका लागि बिहीबारबाट आवेदन खुल्ला गरेको छ। एमबिबिएस पढ्न चाहने जयपृथ्वी नगरपालिकाभित्रका विद्यार्थीका लागि छात्रवृत्तिको आवेदन खुला गरेको हो।
विज्ञान संकायबाट कक्षा १२ पास गरेका र नेपाल सरकारले लिने एमबिबिएसको प्रवेश परीक्षामा नाम निकालेका विद्यार्थीलाई नगरपालिकामा यही साउन १८ गतेभित्र आवेदन दिन नगरपालिकाले सूचना जारी गरेको छ।
छात्रवृत्ति पाउनका लागि कक्षा ६ देखि कक्षा १० सम्म नगरपालिकाभित्रका माध्यमिक विद्यालयमा पढेको हुनुपर्नेछ। १२ कक्षामा विज्ञान विषय लिई नेपालभरको जुनसकै विद्यालयबाट भए पनि पास गरेको जयपृथ्वी नगरपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने मापदण्ड तोकिएको छ।