सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा २ महिनादेखि बेपत्ता बालकको जंगलमा कपडा र कंकाल भेटियो

२०७९ साउन १२, ०२:०० खबर संवाददाता

बझाङः बझाङमा २ महिनादेखि बेपत्ता बालकको कपडा र कंकाल भेटिएको छ। गत जेठ १४ गतेदेखि बेपत्ता भएका बालकको अस्थिपन्जर भेटिएको हो। 

जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलास गाउँका मदेश शाहीका ९ वर्षीय छोरा धरेन शाहीको झण्डै २ महिनापछि अस्थिपञ्जर भेटिएको हो। गाइवस्तु चराउन जंगल गएका धरेन मष्टा गाउँपालिका–१ मा पर्ने घोणकोटको जंगलबाट बेपत्ता भएका थिए। उनको टाउको र हड्डी जयपृथ्वी नगरपालिकामा पर्ने नौलावन भन्ने ठाउँमा भेटिएको हो। अस्थिपञ्जरसँग रहेको उनको कपडाको आधारमा शवको पहिचान गरिएको मृतकका आफन्तले जानकारी दिए।

घाँस काट्न गएका महिलाहहरूले बालकको अस्थिपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए। बालकको के कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुङगानाले बताए। हराएको लामो समयपछि अस्थिपञ्जर भेटिएकाले के कारणले मृत्यु भएको हो खुल्न सकेको छैन।
 

कमेन्ट लोड गर्नुस