धनगढीमा ट्राफिक प्रहरीले निगरानी बढायो (फोटो फिचर)
ट्राफिक प्रहरीले धनगढीमा निगरानी बढाएको छ।
मंगलबार मात्रै चालक अनुमति पत्र नभएका ४ दर्जनबढी ई-रिक्सा नियन्त्रण गरेको छ।
चालक अनुमति पत्र बिना ई-रिक्सा चलाउँदा दुर्घटना हुने भन्दै ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको बताएको छ।
अनुमति पत्र बिना चलाइएका ई-रिक्सा
चालक अनुमति पत्र बिना कुनै पनि सवारी साधन चलाउन नपाइने भए पनि ई-रिक्सा र मोटरसाइकल भने निर्वाध चलाउने गरेको देखिन्छ।
ट्राफिक प्रहरीले मुख्य सडकमा पार्किङ गरेको गाडीमा लक लगाउने काम गरेको छ।
२०७९ साउन १२, ०९:३६
कमेन्ट लोड गर्नुस