सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अमरगढी नगरपालिकाले ऐनविपरीत सक्यो ७४ लाख

२०७९ साउन ११, ०५:१७ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाले ऐनविपरीत ७४ लाख खर्च गरेको पाइएको छ। तत्कालिन मेयर विश्वेश्वरप्रसाद ओझाको पालामा नगरपालिकाले पदाधिकारी र सदस्यलाई ऐनविपरीत सुविधा दिँदै ७४ लाख भुक्तानी गरेको पाइएको हो।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदनमा अमरगढी नगरपालिकाले ऐनमा उल्लेख भएकोभन्दा बढी हुने गरी पुस्तक, पत्रपत्रिका र इन्टरनेटमा ३४ लाख २० हजार, खानेपानी र बिजुलीमा १८ लाख र अतिथि सत्कारमा २१ लाख ८० हजार गरी ७४ लाख भुक्तानी गरेको उल्लेख छ। 

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७६ मा स्थानीय तहका पदाधिकारीहरुले अनूसूची १ मा उल्लेख भएकोभन्दा बढी हुने गरी पदाधिकारी सुविधा दिन नमिल्ने उल्लेख छ। 
 

कमेन्ट लोड गर्नुस