सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङकी एक वृद्धा बेपत्ता

२०७९ साउन ११, ०९:२० खबर संवाददाता

धनगढी: बझाङकी एक ७५ वर्षीया वृद्धा बेपत्ता भएकी छिन्। जिल्लाको खप्तडछान्ना गाउँपालिका-१ की अन्दाजी ७५ वर्षीया गंगादेवी जोशी ४ दिनदेखि बेपत्ता रहेकी बताइएको छ।  

खप्तड राष्ट्रिय निकुञ्जभित्र पर्ने लामपुछ्रे भन्ने ठाउँबाट छोरीलाई भेटेर आफ्नो भैँसी खर्क रहेको स्थान बलेमेला फर्कने क्रममा उनी साउन ८ गते बिहान ९ बजेदेखि बेपत्ता भएकी आफन्तले बताएका छन्। जोशीको स्थानीयसहित नेपाल प्रहरी र नेपाली सेनाले खोजी गरिरहेको छ। कसैले उनलाई कतै देखे नजिकको प्रहरीमा खबर गरी सहयोग गरिदिन आग्रह गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस