सुदूर नेपाललाई विश्वसँग जोड्दै

विषाक्त रक्सी पिउँदा २६ जनाको मृत्यु

२०७९ साउन १०, ०२:०८

काठमाडौं:  भारतको गुजरातमा घरेलु मदिरा पिउँदा कम्तिमा पनि २६ जनाको मृत्यु भएको छ।  मदिरा निषेधित गुजरातमा ४० जना भन्दा धेरै अस्पताल भर्ना भएका भारतीय सञ्चार माध्यमले जनाएका छन्।

गुजराजको बोटाद जिल्लामा आइतबार रक्सी पिएकाहरु बिरामी परेका हुन्। उनीहरुको उपचार भइरहेको छ।

प्रहरीले रक्सी बनाउने र बेच्ने ५ जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको बताएको छ।

 

कमेन्ट लोड गर्नुस