सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको जयपृथ्वीमा नागरिकता नभएका ९४ जनालाई भत्ता वितरण

२०७९ साउन ९, १२:३१ खबर संवाददाता

धनगढीः बझाङको जयपृथ्वी नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा नागरिकता नभएकालाई पनि सामाजिक सुरक्षाभत्ता वितरण गरेको पाइएको छ। महालेखा परिक्षक कार्यालयको २०७९ को वार्षिक प्रतिवेदन अनुसार नगरपालिकाले नागरिकता नम्बर नभएका र उमेर नपुगेका ९४ जनालाई सामाजिक सुरक्षाभत्ता वितरण गरेको पाइएको हो। 

सामाजिक सुरक्षा नियमावली, २०७६ अनुसार सामाजक सुरक्षा प्राप्त गर्न योग्य नेपाली नागरिकले नियमावलीको अनुसूची १ अनुसारको वैयत्तिक विवरण भरि निवेदन पेश गर्नुपर्ने उल्लेख भए पनि जयपृथ्वी नगरपालिकामा सबै विवरण नभएका ९४ जनाको नामबाट वार्षिक ३४ लाख ८४ हजार ४ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको हो।
 

कमेन्ट लोड गर्नुस