सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा दुई बस ठोक्किँदा आठ जनाको मृत्यु, २० घाइते 

२०७९ साउन ९, १०:३२

एजेन्सी: भारतको उत्तर प्रदेशमा दुई ओटा बस एकआपसमा ठोक्किँदा आठ जनाको मृत्यु भएको छ। सोमबार भएको सो दुर्घटनामा  करिब २० जना घाइते भएका छन्।

तीन जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि लखनउको ट्रमा सेन्टरमा रिफर गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। दुबै बस बिहारबाट दिल्लीको यात्रामा थिए। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस