सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तान सरकारले विदेशी मुलुकलाई सरकारी कम्पनी बेच्ने

२०७९ साउन ९, ०५:४६

एजेन्सी: पाकिस्तानको मन्त्रिपरिषदले सरकारी सम्पत्ति बेच्न बाटो खोलिदिने एक अध्यादेश ल्याएको छ। क्याबिनेटले सरकारी सम्पति विदेशी मुलुकलाई बेचेर देशलाई टाट पल्टिनबाट जोगाउन यो अध्यादेश ल्याएको बुझिएको छ।

अध्यादेशमा विदेशीलाई सरकारी कम्पनी बिक्री गर्दा आकर्षित हुने ६ नियामक जाँच नहुने व्यवस्था गरेको छ। अध्यादेश लागू गरेर पाकिस्तानले आफ्नो तेल र ग्यास कम्पनीहरू संयुक्त अरब इमिरेट्स ९युएई० लाई बेच्न लागेको आशंका गरिएको छ। यसका अतिरिक्त साउदी अरेबिया र चीन जस्ता देशहरूलाई पनि केही कम्पनी बेचिने प्रक्षेपण गरिँदैछ। 

मिडिया रिपोर्टका अनुसार शहबाज शरीफले देशमा घट्दै गएको विदेशी मुद्राको सञ्चिति बढाउन र देशलाई टाट पल्टिनबाट रोक्न यो निर्णय लिएका हुन्।  समाचार एजेन्सी एएनआईका अनुसार पाकिस्तान पेट्रोलियम लिमिटेड, आयल ग्यास डेभलपमेन्ट कम्पनी लिमिटेड र मुरी ग्यास कम्पनी सुरुवाती चरणमा बिक्री गरिने चर्चा छ। एक अनुमानअनुसार यी कम्पनीहरू बेचेर शरीफ सरकारले २ देखि २।५ अर्ब डलर पाउनेछ। यसबाट केही महिना देश टाट पल्टिनबाट बच्नेछ।

सरकारले यी कम्पनीलाई विना बाधा बेच्न सक्ने गरी अध्यादेशमा व्यवस्था गरिएको समाचारहरुमा जनाइएको छ। अध्यादेशलाई अदालतमा चुनौती दिन नमिल्ने गरी ल्याइएको छ। त्यस्तै यस अध्यादेश अन्तर्गतका बेचबिखनमा कुनै पनि अनुसन्धान एजेन्सी, भ्रष्टाचार विरोधी एजेन्सीले अनुसन्धान गर्न नपाउने भनिएको छ। 

अध्यादेश लागु हुनमा राष्ट्रपति आरिफ अल्वीको अन्तिम स्वीकृति चाहिन्छ। अल्वी इमरान खानका समर्थक हुन् र उनको इशारेमा काम गर्छन् भन्ने आरोप लाग्छ।  तर, इमरानले अर्को चुनाव जित्ने अपेक्षा गरिएको छ। यस्तो स्थितिमा उनी पछि सरकारी सम्पत्ति बेच्नेजस्तो अलोकप्रिय निर्णयहरु आफ्नो काँधमा आउला भनेर यो काम शरीफ सरकारबाटै होस् भन्ने चाहन्छन्।

प्रधानमन्त्री बनेपछि शहबाज सरिफ पहिलोपटक साउदी अरेबियाको भ्रमण गएका थिए त्यहाँबाट उनले सोचेअनुसार नयाँ ऋण आएन। पूर्वप्रधानमन्त्री इमरान खानले शरीफ सरकारले सम्पत्ति बेच्ने अध्यादेश जारी गरेकोमा आलोचना गरेका छन्। समाजिक सञ्जालमा लेख्दै खानले लेखेका छन्– ‘यो अमेरिकाले ल्याएको आयातित सरकार हो र यी चोर र अपराधी हुन्। उनलाई जरदारीजस्ता भ्रष्टहरुको समर्थन छ। सरकारको निर्णयलाई कतै चुनौती दिन नसक्नु सबैभन्दा ठूलो समस्या हो।’

तर, इमरानको आलोचनाको जवाफमा शरिफले पनि ट्वीटमार्फत इमरानले अहिले राजनीतिक बयानबाजी मात्र गरेको उनी प्रधानमन्त्री हुँदा देशका विमानस्थल र राजमार्गहरू धितो राखिएको जस्तो कुरा उठाए। 

कमेन्ट लोड गर्नुस