बाटोमै बच्चा जन्माएकी बाजुराकी विकलाई राहत
बाजुरा: बाटोमै बच्चालाई जन्म दिएकी बाजुरा स्वामीकार्तिक गाउँपालिकाकी कात्तिका विकलाई राहत प्रदान गरिएको छ। सामाजिक अभियन्ता एवम् युवा नेतृ रिता शाहीले विकको घरकै पुगेर राहत वितरण गरेकी हुन्।
विकलाई अष्ट्रेलिया बस्ने दीपा भण्डारी, हङकङ बस्ने अनिता लिम्बु, काठमाडौंमा बस्ने एक युवा व्यवसायीले राहत प्रदान गरेको शाहीले बताएकी छन्। विकलाई महिना दिनलाई पुग्ने दाल, चामल, नुन, मसलाका साथै आमा र बच्चालाई लत्ताकपडा सहित नगद १५ सय रुपैयाँ प्रदान गरिएको छ।
आर्थिक स्थिति निकै कमजोर भएकी विक प्रशुतिका लागि स्वास्थ्य कार्यालय जाँदै गर्दा बाटैमा सुत्केरी भएकी थिइन।