सुदूर नेपाललाई विश्वसँग जोड्दै

नियम मिच्दै धनगढीमा सडक कालोपत्रेको तयारी

२०७५ फाल्गुन १३, ११:५० रोशन भट्ट

धनगढी उप–महानगरपालिका क्षेत्रमा बाध्यकारी नियमलाई समेत मिच्दै सडक कालोपत्रेको काम भइरहेको पाईएको छ। उपमहानगरपालिका आफैले बनाएको नियम विपरीत धमाधम सडक निर्माण तथा कालोपत्रे गरिरहेको छ। उप–महानगरपालिकाको वडा नम्बर १३ मा बाध्यकारी निनयम विपरित सडक कालोपत्रे गर्ने तयारी भईरहेको छ। वडा नम्बर १३ को मोहनपुरदेखि श्रीलंका टोलसम्मको ३ दशमलव २४ किलोमिटर सडक नियम विपरित कालोपत्रे हुन लागेको हो ।

स्थानीयलाई सहज यातायातको सुविधा दिने भदै शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यालयले कालोपत्रेको योजना सुरु गरेपनि नाली निर्माण नगरिदा डुवान पर्ने सम्भावना पनि बढेको शिरमोगे चौधरीले बताए। शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यालयले ठेक्का सम्झौता गरेर सडक निर्माण तथा कालोपत्रे गरिरहेको छ।

नियम विपरीत सडक कालोपत्रे गरी आर्थिक अनियमितता गर्न खोजिएको आरोप समेत लागेको छ। अर्का स्थानीय प्रतिराम चौधरीले पटक–पटक खवरदारी गर्दा पनि जनप्रतिनिधी र सरोकारवाला निकायले वास्ता नगरेको बताए। कालोपत्रे भइरहेको सडकमा नाली निर्माण नहुने भएपछि स्थानीयले पात्लो वस्ती भएका कारण आफुहरुलाई सरोकारवाला निकाय तथा सरकारले विभेद गरेको आरोप लगाएका छन्।

यता धनगढी उप–महानगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को वार्षिक निति तथा कार्यक्रम समेटिएको रातो किताबमा पूर्वाधार विकास तर्फ सडक निर्माण गर्दा अनिवार्य रुपमा पक्की नाली निर्माण गर्नुपर्ने प्रावधान छ। तर नगरपालिकाको समन्वयमा काम गर्ने शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यालयले भने आफ्नो डिजाईन स्टमेटमा नाली निर्माण नपरेको बताएको छ।

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यालय धनगढीका सूचना अधिकारी तथा सोहि क्षेत्र हेरिरहनु भएका ईन्जिनियर श्याम भन्द्र बुढाथोकीले यस्तो दावी गरेका हुन्। शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यालयले धनगढी उप–महानगरपालिका भित्र ८० करोड बजेटमा ४१ किलोमिटर सडम निर्माण गरिरहेको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस