सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा प्रहरी हवल्दार अचानक बेहोस भएर ढलेपछि...

हेलिकप्टरमार्फत उद्धार

२०७९ साउन ६, १२:०३ खबर संवाददाता

धनगढीः डोटीको डौड प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार गगनसिंह धामीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शुक्रबार जिल्लाको सायल गाउँपालिका–२ सिर्मा बस्तीस्थित पहिरो जोखिममा रहेकाहरुको अवस्था बुझ्न जाने क्रममा अचानक बिरामी परेका उनको उद्धार गरिएको हो। उनी बिरामी भएर बेहोस भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर उपचारका लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएका छ। 

अहिले उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस