सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिसस बाजुरामा एमालेको एकल उम्मेदवारी

२०७९ साउन ५, ०४:२२ खबर संवाददाता

बाजुरा: जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेदवारी परेको छ। साउन ५ गते दिउँसो १ बजेसम्म मनोनय दर्ताको समय तालिका बनाइएकोमा  नेकपा एमालेले मात्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत्त माधवप्रसाद घिमिरेले बताए। उनका अनुसार नेपाली कांग्रेसले उम्मेदवारी नै दिएको छैन। 

नेकपा एमालेबाट समन्वय प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछी सार्की, खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महतराले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी महिला सदस्यमा कल्चुदेबी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउद र दलित महिला सदस्यमा रम्ब देवी विकले उम्मेदारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

जिल्लाका ९ वटा पालिकामध्ये बुढीगंगा, बडिमालिका नगरपालिका, गौमुल, जगन्नाथ गाउँपालिकामा गरी ४ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ। त्रिवेणी नगरपालका, स्वामीकार्तिक खापर गाउँपालिका गरी २ वटा पालिकामा प्रमुख उपप्रमुख नेपाली कांग्रेसले जितेको छ।

यस्तै खप्तड छेडेदह गाउँपालिकामा अध्यक्ष नेकपा एमालेले जितेको छ भने उपाध्यक्ष नेपाली कांग्रसले जितेको छ। त्यस्तै हिमाली गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ भने उपाध्यक्ष नेकपा एमालेले जितेको छ। बुढीनन्दा नगरपालका प्रमुख नेकपा एमालेले जितेको छ। भने, उपप्रमुखमा स्वतन्त्र उम्मेदवारले जितेको छ। स्वतन्त्र उम्मेदवारको नेकपा एमालेलाई समर्थन रहेको छ।

जम्मा १८ जनामध्ये १२ जना एमालेको पक्षमा र ६ जना नेपाली कांगेस पक्षका छन्। नेकपा एमालेमा १२ जनाको बहुमत भएपछि जिल्ला समन्वय समितिमा एमालेको एकल बहुमत पुगेको हो। 

अब साउन ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन निर्वाचन हुने मुख्य निर्वाचन अधिकृत्त माधवप्रसाद घिमिरेले बताए। 
 

कमेन्ट लोड गर्नुस