सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्दगोरिया शिवरात्री पुरैनाताल पहिचान महोत्सव हुदै

फोटोः विरेन्द्र शाह
फोटोः विरेन्द्र शाह
२०७५ फाल्गुन १२, ०५:४४

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा बर्दगोरिया शिवरात्री पुरैनाताल पहिचान महोत्सव २०७५ हुने भएको छ। मुढा बजार विकास समितिको आयोजनामा महोत्सव हुन लागेको हो। बर्दगोरिया मुढा बजार विकासको अभियान, स्थानिय कला सांस्कृति तथा पुरैनातालको पहिचान गर्न फागुन १७ गते देखी २१ गतेसम्म महोत्सव आयोजना हुन लागेको हो। बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मुढा बजारको खुल्ला मञ्चमा कार्यक्रम हुने पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ। महोत्सवमा रातीमा भारतका कलाकार र दिउँसो दैनिक स्थानिय तथा  राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने मुढा बजार विकास समितिका अध्यक्ष मिथुन गौतमले बताए। प्रबेश शुल्क निःशुल्क रहने छ । मुढा बजार विकास समितिले तिन वर्ष देखी महाशिवरात्रीको अवसर पारेर महोत्सवको आयोजना गर्दै आएको छ। 
 

कमेन्ट लोड गर्नुस