सुदूर नेपाललाई विश्वसँग जोड्दै

विक्रमसिंघे चुनिए श्रीलंकाको राष्ट्रपति

२०७९ साउन ४, ०५:०५ खबर संवाददाता

काठमाडौंः रनिल विक्रमसिंघेलाई श्रीलंकाली संसदले राष्ट्रपति चयन गरेको छ। नागरिकले विक्रमसिंघेले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन्।

उनले १३४ मत पाए भने निकटतम प्रतिद्वन्द्वी दलस अलापेरुमाले ८२ मत पाएका छन्। २२३ सांसद रहे पनि २ जना सांसद मतदानमा अनुपस्थित भए भने ४ मत बदर भयो। राष्ट्रपति निर्वाचित भएलगत्तै विक्रमसिंघेले देशको आर्थिक संकट समाधानका लागि सबै दललाई मिलाएर काम गर्ने बताएका छन्।
 

कमेन्ट लोड गर्नुस