सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा १६ लाखमा बनेको बर्थिङ सेन्टरको ‘हालत खराब’

फोटोः अन्नपुर्ण
फोटोः अन्नपुर्ण
२०७९ साउन ४, ०२:२३ खबर संवाददाता

धनगढीः बझाङमा एक बर्थिङ सेन्टरको अवस्था दयनीय बनेको छ। जिल्लाको जयपृथ्वी नगरपालिका ६ स्थित २ कोठे बर्थिङ सेन्टरको अवस्था दयनीय बनेको हो। 

बाढीले क्षति पुर्‍याएपछि बर्थिङ सेन्टर भवन बेवारिसे बनेको स्थानीयले बताएका छन्। गत असोज ३१ गते आएको बाढीले क्षति पुर्‍याएपछि मर्मत नहुँदा सो भवन बेवारिसे बनेको हो। उक्त भवन सुदूरपश्चिम प्रदेश सरकारको १६ लाख लागतमा निर्माण भएको थियो। २०७६ साल जेठ महिनामा निर्माण सम्पन्न भएको यो बर्थिङ सेन्टरमा अहिलेसम्म कुनै पनि स्रोत साधन र कर्मचारी पनि छैनन्।

कर्मचारी, आवश्यक सामग्रीको व्यवस्थापन गर्न नपाउँदै बाढीले क्षति पुर्‍याएपछि यो भवन अलपत्र परेको निवर्तमान वडाध्यक्ष नरेन्द्रबहादुर सिंहले बताए। यसको मर्मतका लागि पहल गर्नुपर्ने उनको भनाइ छ। 

कमेन्ट लोड गर्नुस