सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंकामा नयाँ राष्ट्रपति चुन्न आज मतदान हुँदै

२०७९ साउन ४, ०८:२३ खबर संवाददाता

श्रीलंकामा नयाँ राष्ट्रपति चुन्न आज मतदान हुँदैछ। गोटावाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि आज संसदमा मतदान हुन लागेको हो। 

आज हुने चुनावमा तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, विपक्षी समर्थित दुल्लास अलाहप्पेरुमा र मार्क्सवादी पार्टीका नेता अनुरा कुमारा दिसानायके प्रतिष्पर्धामा छन्। विक्रमासिंघेको नाम हिजोको संसदमा सत्तारुढ दलका नेता दिनेश गुणवर्द्धनेले प्रस्ताव गरेका थिए। 

दुई सय २५ सदस्यीय संसदमा पूर्वराष्ट्रपति राजापाक्षेको दल पोदुजाना पेरुमुनाका १ सय ४५ सांसद रहेका छन्। राजापाक्षेको दललाई अरू सात जना सांसदको पनि समर्थन रहेको छ। राष्ट्रपति चयनका लागि १ सय १३ मत आवश्यक पर्छ। यसअघि आफू मात्रै सांसद रहँदा रहँदै पनि युनाइटेड नेशनल पार्टीका सांसद विक्रमासिङ्घे प्रधानमन्त्री बनेका थिए। 

कमेन्ट लोड गर्नुस