बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अझै अवरुद्द
बाजुरा: बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अझै अवरुद्द रहेको छ। लगातारको वर्षाका कारण सडक सञ्चालनमा आउन नसकेको हो।
वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरो गएको र वर्षा लगातार भइरहेका कारण अवरोध हटाउने काम पनि रोकिएको जिल्ला प्रहरी कार्यालयका बाजुराका प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताएका छन्।
सडकका विभिन्न स्थानमा वर्षाका कारण पहिरो आउने क्रम जारी छ।