सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिपर चालकलाई कागजपत्र माग्दा डीएसपीलाई किचेर भागे 

२०७९ साउन ३, ०४:५४ खबर संवाददाता

नयाँ दिल्ली: भारतको हरियाणामा एक जना डीएसपीलाई टिपर चालकले किचेर मारेका छन्। मेवात जिल्लाको तवाडुमा डीएसपी सुरेन्द्र सिंहलाई टिपर चालकले किचेर मारेका हुन्।

अवैध उत्खन्न भइरहेको अरावली पहाडी क्षेत्रमा ‘रेड’ गर्न गएका उनलाई चालकले किचेर मारेको प्रहरीले बताएको छ। डीएसपी सिंहले चालकसँग चेकजाँच गर्ने क्रममा किचेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार एजेन्सी एनएनआईले उल्लेख गरेको छ। 
 

कमेन्ट लोड गर्नुस