सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा पल्सर बाइक चोरी

२०७९ साउन ३, ११:२६ खबर संवाददाता

धनगढीः डोटीमा पल्सर बाइक चोरी भएको छ। जोरायल गाउँपालिका–२ बुडरको भड्डीखोलाबाट एक पल्सर बाइक चोरी भएको हो। डडेल्धुराको परशुराम नगरपालिका–११ का निर्माण व्यवसायी डम्बर भाटको सु.प.प्र ०१००८प ५४९९ नम्बरको १५० सीसीको बाइक चोरी भएको बताइएको छ।

बुडर भड्डीखोला सुरुपाल श्रृङ्गार पसल नजिकै पार्किङ गरेर राखेको बाइक चोरी भएको भाटले बताउका छन्। इलाका प्रहरी कार्यालय, बुडरका प्रहरी नायब निरीक्षक (सई) वसन्त खातीले चोरी भएको बाइकको खोजी कार्य जारी रहेको बताए।

कसलै उक्त नम्बरको बाइक देखेमा नजिको प्रहरी कार्यालय सम्पर्क गर्न आग्रह गरिएको छ।
 

कमेन्ट लोड गर्नुस