सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा भेटिए मंकीपक्सको दोस्रो संक्रमित

२०७९ साउन २, ०८:०१ खबर संवाददाता

काठमाडौँः भारतको केरल राज्यमा मंकीपक्स भाइरसको दोस्रो संक्रमित भेटिएका छन्। ५ दिनअघि पनि केरलमा मंकीपक्सको पहिलो बिरामी भेटिएका थिए। केरलकी स्वास्थ्यमन्त्री भीना जर्जले कुन्नर जिल्लामा मंकीपक्सको दोस्रो बिरामी भेटिएको बताइन्।

अधिकारीहरुले ३१ वर्षीय ती संक्रमितको पारियाराम मेडिकल कलेजमा उपचार भइरहेको बताएका छन्। उनी ५ दिनअघि मात्रै दुबईबाट फर्किएको अधिकारीहरुले बताएका छन्। चिकित्सकहरुले संक्रमितको अवस्था सन्तोषजनक रहेको र उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुमाथि निगरानी भइरहेको बताएका छन्। गत साता दुबईबाट फर्केका अर्को व्यक्तिमा पनि मंकीपक्सको संक्रमण पुष्टि भएको थियो।

कमेन्ट लोड गर्नुस