भारतमा आज राष्ट्रपति चयनका लागि चुनाव हुँदै
एजेन्सी: भारतमा आज राष्ट्रपतीय चुनाव हुँदैछ। नयाँ राष्ट्रपति चुन्न संसद् र विभिन्न राज्यका विधान सभामा मतदान हुनेछ। चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाबाट पूर्व गभर्नर द्रोपदी मुर्मू उम्मेदवार छिन् भने विपक्षी दलले पूर्व केन्द्रीय मन्त्री यशवंत सिन्हालाई उम्मेदवार बनाएको छ।
चुनावमा सत्तारुढ दलका उम्मेदवार द्रौपदी मुर्मूको पक्षमा समर्थन धेरै देखिएको छ। यसले गर्दा उनले मत धेरै पाउन सक्ने अनुमान छ। चुनावको नतिजा आउँदो बिहीवार सार्वजनिक हुनेछ। द्रौपदी मुर्मू राष्ट्रपतिमा चयन भएमा उनी आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो व्यक्ति बन्नेछिन्।
वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल आउँदो ८ गतेदेखि सकिन लागेकाले भारतमा नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुन लागेको हो।