सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा २०० करोड डोज कोभिड खोप लगाइयो

२०७९ साउन २, ०५:५१

एजेन्सी: भारतमा झन्डै २०० करोड डोज कोभिड खोप प्रदान गरिएको छ। सन् २०२१ को १६ जनवरीमा खोप अभियान सुरु भएपछि शनिबारसम्म १९९ दशमलब ९७ करोड डोज कोभिड खोप दिइएको हो। खोप सञ्चालन गरेको १८ महिनाको अवधिमा सो संख्यामा खोप प्रदान गरिएको हो।

यसअघि १०० करोड डोज प्रदान गर्न २२७ दिन लागेको थियो। गत वर्ष १७ सेप्टेम्बरमा एकै दिन २ दशमलव ५ करोड डोज कोभिड खोप दिइएको थियो, जुन अहिलेसम्मकै उच्च हो। कोविनका अनुसार १४ हजारभन्दा बढी साइट देशभर खोप सञ्चालन गरिरहेका छन्। देशको जनसंख्याको ९६ प्रतिशतले कोभिडको पहिलो डोज खोप लगाएका छन् भने ८७ प्रतिशतले दुवै डोज लिएका छन्।

आवर वर्ल्ड इन डाटाका अनुसार विश्वको कुल जनसंख्याको ६२ दशमलब १ प्रतिशले कोभिडविरुद्धको खोप लगाएका छन्। यस हप्ता केन्द्रिय  स्वास्थ्य मन्त्रालयले १८ वर्ष र माथिका मानिसहरूलाई बुस्टर डोजका लागि ७५ दिनको खोप अभियान सुरु गरेको छ। अहिलेसम्म लक्षित जनसंख्याको १८ देखि ५९ वर्ष समूहका १ प्रतिशतभन्दा कमले बुस्टर डोज लगाएका छन्। कोभिड संक्रमण बढेसँगै सरकारले खोप अभियान तीब्र पारेको छ। 

कमेन्ट लोड गर्नुस