सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ सैनिकको मृत्यु

२०७९ असार ३२, ०८:१९ खबर संवाददाता

मेक्सिकोसिटीः मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा परेर उनीहरूको मृत्यु भएको हो।

लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा परेको मेक्सिकोको नौसेनाले आज जनाएको छ। दुर्घटनामा एकजना भने बाँच्न सफल भएका छन्।

कमेन्ट लोड गर्नुस