बैतडीको डिलाशैनीमा कार्यरत ५८ करारका कर्मचारी हटाइए
बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकाले एकैपटक ५८ जना पालिका मातहतका करारका कर्मचारी हटाएको छ। विगतमा विनास्रोत भर्ना गरेको भन्दै विद्यालय कर्मचारी र गाउँपलिकामा कार्यरत कर्मचारीहरुको करार अवधी नथप्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।
विद्यालयमा कार्यरत कार्यालय सहयोगी, पालिका शिक्षक स्वयंसेवक र अन्य विद्यालय कर्मचारी कार्यालय सहयोगी, कृषि प्राबिधिक, समाजिक परिचालक र स्वास्थ्यका कर्मचारीगरी ५८ जनाको करार अवधि नथप्ने निर्णय भएको प्रवक्ता भट्टले बताए।
यसैगरी जिल्लाको पाटन नगरपालिकाले पनि बिना लाईसेन्सका विद्यालय शिक्षकहरुलाई हटाएको छ। साउन १ गते देखि लागु हुनेगरी लाइसेन्सविहिन शिक्षकहरुलाई हटाएको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए। नगरपालिकाले गत जेठ ३१ गते नै लाइसेन्स विहिन शिक्षकहरुलाई हटाउने निर्णय गरेको थियो।