डडेल्धुरामा ‘हेडसर’ले लेखापाललाई कुटे
डडेल्धुराः डडेल्धुरामा विद्यालयका प्रधानाध्यापकले लेखापालमाथि कुटपिट गरेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ७ मा रहेको उग्रतारा माध्यमिक विद्यालयका प्रधानाध्यापकले लेखापालमाथि कुटपिट गरेका हुन्।
प्रधानाध्यापक चन्द्रबहादुर शाहुले लेखापाल टीका ऐरलाई कुटेको स्थानीयले बताएका छन्। कुटपिटमा लेखापाल घाइते भएको स्थानीयले जानकारी दिएका छन्। लेखापाल ऐरको खुट्टा, पिठ्युमा चोट लागेको छ। डडेल्धुरा प्रहरीले यसबारे थाहा नभएको बताएको छ। विद्यालयको हिसाबकिताबको बारे विवाद हुँदा झगडा भएको हुनसक्ने बताइएको छ।