सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा बढे सम्बन्धविच्छेदका घटना, एकै वर्षमा ३३ यौनहिंसाका मुद्दा

२०७९ असार ३०, ०५:०३ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा सम्बन्धविच्छेदको घटना बढेको पाइएको छ। जिल्ला अदालत डडेलधुराले उपलब्ध गराएको विवरण अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा सम्बन्ध विच्छेदका ५४ मुद्दा दर्ता भएका थिए। तर, चालु आर्थिक वर्ष २०७८/७९ को असार ३० गतेसम्म त्यो संख्या बढेर ५८ पुगेको छ। 

यस्तै जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दाको संख्या पनि बढेको छ। तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा यौनहिंसाका २५ वटा मुद्दा दर्ता भएका थिए। चालु आर्थिक वर्ष २०७८/७९ को असार ३० गतेसम्म यौनहिंसाका ३३ वटा मुद्दा दर्ता भएका छन्। जसमा २१ वटा जबरजस्ती करणी, ८ वटा जबरजस्ती करणी उद्योग, हाडनाता करणी २ र २ वटा बालयौन दुरुपयोग सम्बन्धी मुद्दा रहेको अदालतका श्रेस्तेदार रामु शर्माले बताए। 

यस्तै चालू आर्थिक वर्षमा कर्तव्य ज्यान सम्बन्धी ५ मुद्दा, ज्यान मार्ने उद्योग सम्बन्धी ३, आत्महत्या दुरुत्साहन सम्बन्धी १, भवितव्य ज्यान सम्बन्धी १, बालविवाह सम्बन्धी ३ र बहुविवाह सम्बन्धी १ मुद्दा अलालतमा दर्ता भएका छन्। 

अदालतका श्रेस्तेदारका अनुसार कूल लगतमध्ये विगत वर्षबाट जिम्मेवारी सरी आएका मुद्दाको संख्या ६७ रहेको छ भने ६३ फर्छ्यौट भएका छन् र ४ मुद्धा बाँकी छन्। यस आर्थिक वर्षमा दर्ता भएका १२७ मध्ये ८७ फर्छ्यौट भएका छन्। ४० मुद्दा बाँकी रहेको छ।


 

कमेन्ट लोड गर्नुस