सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा महिलाको शव फेला

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ असार ३०, १२:०४ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकामा एक महिलाको शव फेला परेको छ। आलिताल–४ कोइलानीकी अन्दाजी २३ वर्षीया गंगा धामी बोहराको शव झुण्डिएको अवस्थामा फेला परेको आलिताल प्रहरी चौकीले जनाएको छ।

बिहीवार बिहान बोहराको शव घरभन्दा करिब एक सय मिटर टाढा उमराको रूखमा प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ। आलिताल प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको छ। अनुसन्धानको थप प्रक्रिया अगाडि बढीरहेको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस