कञ्चनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु
२०७९ असार २९, ०३:००
कञ्चनपुर: कञ्चनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। बेलौरी नगरपालिका–५ रामनगर बस्ने ३५ वर्षीय हरीलाल रानाको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो।
माछापोखरीको लागि मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर अशक्त भएका उनको धनगढीस्थित निसर्ग अस्पताल उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
कमेन्ट लोड गर्नुस