सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुप विश्वविद्यालयले आह्वान गरेको शिक्षक तथा कर्मचारीको भर्ना स्थगित

२०७९ असार २८, १२:५८ खबर संवाददाता

कञ्चनपुर: सुदूरपश्चिम विश्वविद्यालले करार सेवामा शिक्षक तथा कर्मचारी भर्ना गर्न अघि बढाएको प्रक्रिया स्थगन गरेको छ।

विश्वविद्यालयले मंगलबार विविध कारणले शिक्षक तथा कर्मचारी करार सेवामा भर्ना गर्न यसअघि प्रकाशित गरिएको सूचना स्थगित गरिएको जनाएको छ। विश्वविद्यालयले सूचना स्थगित गर्नुको कारणबारे भने केही खुलाएको छैन।

विश्वविद्यालयले असार २४ गते राष्ट्रिय दैनिक गोरखापत्रमा सूचना प्रकाशित गर्दै कर्मचारी र विभिन्न संकायका शिक्षक करार सेवामा माग गरेको थियो।
 

कमेन्ट लोड गर्नुस